कोरोना संक्रमणबाट झापाका एकसहित तीनजनाको मृत्यु
Published:
by .काठमाडौं । कोरोना भाइरस (कोभिड- १९) को संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाका ५८ वर्षीय पुरुष, पर्साका ५६ वर्षीया महिला र सर्लाहीका ३३ वर्षीया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १४९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेदर शून्य दशमलव ४७ रहेको छ ।
Comments