Sajhamanch Archive

धरानमा प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका वडा नं. ८ का ६८ वर्षका कोरोना संक्रमितको आइतबार बेलुका साढे ६ बजे मृत्यु भएको हो ।

२९ साउनमा कोरोना पुष्टि भएपछि उनी ३० साउनमा प्रतिष्ठान भर्ना भएका थिए । श्वासप्रश्वास र अन्य समस्याका कारण अवस्था गम्भीर बनेपछि उनको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।

आइतबार बेलुका मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । मृतक पुरुष बीपीमा प्लाज्मा थेरापी गरिएका पहिलो संक्रमित हुन् । बीपीमा दुई जनाको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *