Sajhamanch Archive

च्याम्पियन्स लिगको उपाधि बायर्न म्युनिखलाई

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी। जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिग उपाधि जितेको हो ।

पोर्चुगलको लिस्वनमा भएको खेलमा बायर्नलाई जित दिलाउन किंग्सले कोमनले एकमात्र गोल गरे । उनले ५९औं मिनेटमा जोसअ किम्मिकको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

पहिलो पटक फाइनल पुगेको पीएसजीको च्याम्पियन्स लिग जित्ने सपना यसपटक पूरा हुन सकेन ।उता सन् २०१३ पछि पहिलो पटक फाइनल पुगेको बायर्नले भने च्याम्पियन्स लिगमा अर्को उपाधि थप्न सफल भयो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *