Sajhamanch Archive

प्लाज्मा थेरापीले अमेरिकामा पायो मान्यता

Published: in विश्व समाचार, स्वास्थ्य by .

कोरोना भाइरसका संक्रमितको उपचारमा प्रयोग गरिने विधि प्लाज्मा थेरापीले अमेरिकामा पहिलो पटक मान्यता पाएको छ ।

अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडि) ले स्वीकृति दिएसँगै अमेरिकामा प्लाज्मा थेरापीले मान्यता पाएको हो । कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका व्यक्तिको रगतको प्लाज्मामार्फत उसको शरीरमा बसेको एन्टीबडीको प्रयोग गरेर संक्रमितको उपचार गरिन्छ ।

अमेरिकामा अहिलेसम्म ७० हजार भन्दा बढी मानिसमा प्लाज्मा थेरापीको प्रयोग भइसकेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्लाज्मा थेरापीको प्रयोगपछि कोभिड–१९ बाट हुने मृत्युमा ३५ प्रतिशतसम्मले कमी आउने अपेक्षा गरेका छन् । ट्रम्पले एफडिएले राजनीतिक कारणले खोप र थेरापीलाई रोकेको आरोप लगाएका थिए ।

कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा हालसम्म ५८ लाख ७३ हजार दुई सय ३७ संक्रमित फेला परिसकेका छन् । कोरोनाका कारण अमेरिकामा एक लाख ८० हजार पाँच सय ८० जनाको मृत्यु भइसकेको छ ।
एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *