Sajhamanch Archive

भारतमा ७३ दिनमा कोरोना विरुद्धको खोप आउने खबर झुटो : सिरम इन्स्टिच्यूट अफ इण्डिया

Published: in विश्व समाचार, स्वास्थ्य by .

काठमाण्डौ ।  भारतको औषधि कम्पनी सिरम इन्स्टिच्यूट अफ इण्डियाले ७३ दिनमा कोरोना भाइरस विरुद्धको खोप आउने खबरको खण्डन गरेको छ । इन्स्टिच्युटले सञ्चारमाध्यममा ७३ दिनभित्र कोरोना विरुद्धको खोप आउने भनिएको खबर झुटो भएको जनाएको हो ।

उसले सरकारले आफ्नो कम्पनीलाई कोरोना विरुद्धको खोप बनाउन अनुमति दिएको तर अहिलेसम्म बनिनसकेको स्पष्ट पारेको छ । कोरोना विरुद्धको खोप नमुना परीक्षणमा सफल भएपछि र आधिकारिक रुपमा पुष्टि भएपछि मात्रै बजारमा जाने इन्स्टिच्युटले प्रष्ट पारेको छ । भारतमा अहिलेसम्म ३१ लाख ५ हजारभन्दा धेरैलाई कोरोना संक्रमण भएको छ भने ५७ हजारभन्दा धेरैको ज्यान गएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *