Sajhamanch Archive

शिवसताक्षीका ५५ जनाको स्वाव परीक्षणका लागि पठाइयो

Published: (Updated: ) in विविधा, स्वास्थ्य by .

शिवसताक्षी । झापाको शिवसताक्षीमा ५५ जनाको स्वाव संकलन गरी पिसिआर परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले वडा नं. ७ लालझोडा क्षेत्रका ३३ र सतासी प्राविको क्वारेन्टाइनमा रहेका २२ जनाको स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको हो ।

शनिबार शिवसताक्षी ७ स्थित बोलोचुक विद्युतको सवस्टेसनका सेक्युरिटी गार्डमा कोरोना संक्रमित पुष्टि भएपछि उनको सम्पर्कमा रहेका ३१ जनाको स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको नगर प्रवक्ता नविन इजमले जानकारी दिए ।

स्वास्थ्यकर्मी संजय ठकुरीको नेतृत्वको टोलीले स्वाव सकलन गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *