Sajhamanch Archive

कोरोनाको प्रतिबन्धबीच नाइटक्लबमा पार्टी, प्रहरीले छापा मार्दा भागदौडमा १३ जनाको मृत्यु

Published: in विश्व समाचार by .

एजेन्सी । पेरुमा कोरोनाभाइरसको प्रतिबन्धलाई उल्लङ्घन गर्दै सञ्चालन गरिएको नाइटक्लबमा प्रहरीले छापा मार्दा भएको भागदौडमा किचिएर १३ जनाको मृत्यु भएको छ । लिमास्थित थोमास रेस्ट्रोबारमा पुगेकाहरु भाग्ने क्रममा यो घटना भएको हो । प्रत्यक्षदर्शीहरुले अश्रुग्यास प्रयोग भएको जनाएका छन् ।

यता, राष्ट्रपति मार्टिन भिजकाराले पक्राउ परेका २३ जनामध्ये १५ जना कोरोनाभाइरस संक्रमित रहेको पाइएको बताए । अब छापा मार्दा संलग्न प्रहरीको पनि कोरोना जाँच गरिनेछ । दक्षिण अमेरिकी देशहरुमा पेरु कोभिड–१९ बाट धेरै प्रभावित हुने देशहरु मध्ये पर्दछ ।

देशमा गत मार्चदेखि रात्रिकालिन समयमा कर्फ्यू लागू गरिएको छ भने ठूला भेलाहरु प्रतिबन्ध गरिएको छ । पेरुका गृहमन्त्रीका अनुसार करिब १२० जना उक्त गैरकानुनीरुपमा आयोजित जन्मदिनको पार्टीमा सहभागी थिए । प्रहरीले त्यहाँ छापा मारेपछि उनीहरु साँधुरो बाटो हुँदै भाग्ने प्रयास गरेका थिए । घटनामा २० देखि ३० वर्ष उमेर समूहका ११ पुरुष र २ महिलाको निधन भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *