Sajhamanch Archive

विराटनगरले किन्यो पीसीआर मेसिन, मेयर पराजुलीले दिए एक वर्षको सुविधा

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by .

विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना जाँचका लागि मेसिन खरिद गरेको छ । सम्भावित कोरोना संक्रमितको नमुना संकलन गरेको रिपोर्ट आउन ढिलो भएपछि महानगरले छुट्टै पीसीआर मेसिन खरिद गरेको हो ।

यो मेसिन कोशी अस्पताल विराटनगरले सञ्चालन गर्नेछ । मेसिन सञ्चालनका लागि महानगरपालिकाले कोशी अस्पताललाई २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको मेयर भीम पराजुलीले जानकारी दिए ।

महानगरसँग प्रविधिक जनशक्ति नभएका कारण सञ्चालनको जिम्मा कोशीलाई दिएको उनले बताए । ‘मेसिन सञ्चालनका लागि २५ लाख रुपैयाँ हस्तान्त्रण गरिसकेका छौं’ उनले भने, ‘अब पीसीआर रिपोर्ट आउन समय लाग्दैन ।’

महानगरपालिकाले निजी क्षेत्रको सहयोगमा मेसिन खरिद गरेको छ । मेसिन खरिद र सञ्चालनका लागि निजी क्षेत्रबाट ६० लाख रुपैयाँको प्रतिवद्धता आएको मेयर पराजुलीले बताए । उनले आफ्नो एक वर्षको सुविधा पनि यही काममा खर्चने बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *