Sajhamanch Archive

कोरोनाको उच्च जोखिममा प्रहरी, प्रदेश १ का १५३ सहित ११ सय ४२ जना संक्रमित

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । प्रहरीमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै गएको पाइएको छ । पछिल्लो २ सातायता प्रहरीमा संक्रमितको संख्या बढ्दै जान थालेको हो ।

दुई डीआईजीसहित नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ११ सय ४२ पुगेको छ । जसमध्ये ७४४ जना सक्रिय संक्रमित छन् । ३९८ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत २०१ र काठमाडौं उपत्यकाका ७९ जना सक्रिय संक्रमित छन् ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १५३, प्रदेश २ मा १२६ , वाग्मती प्रदेशमा ५० , गण्डकीमा २८, प्रदेश ५ मा ७९ , कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा १२ जना सक्रिय संक्रमित छन् । देशका अन्य क्षेत्रमा भन्दा काठमाडौंमै कार्यरत प्रहरीमा संक्रमण बढी देखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *