Sajhamanch Archive

गृहमन्त्रीको सचिवालयले भन्यो : धानबाली बाढीले नै नष्ट गरेको थियो

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलको सचिवालयले अछामको रामारोशनस्थित कैलाश खोला किनारमा धानबाली कुल्चिएर कार्यक्रम नगरिएको जनाएको छ।

बाढी पीडितलाई भेट्न पुगेका गृहमन्त्री थापासहितका उच्च सरकारी अधिकारीका लागि धानबालीमाथि मञ्‍च बनाइएको भन्दै चर्को आलोचना भइरहेका बेला गृहमन्त्री थापाको तर्फबाट यस्तो स्पष्टीकरण आएको हो।

रामारोशनमा गत बुधबार आएको बाढीबाट पीडितका लागि राहत लिएर गत शुक्रबार गृहमन्त्री थापा नेतृत्वको टोली रामारोशन पुगेको थियो। ‘गृहमन्त्रीसहितको टोलीले राहत वितरणको क्रममा धानबाली नस्ट गरेको भनी आएका समाचार तथा टिप्पणीमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’,सचिवालयले भनेको छ, ‘बाढीले धान खेती नस्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको थियो। प्रचार गरिएजस्तो धानखेतमा कार्यक्रम गरिएको होइन।गृहमन्त्रीको सचिवालयले राहत वितरणका क्रममा धानबाली नष्ट गरिएको कुरा गलत भएको बताएको छ।

‘राहत वितरणको क्रममा धानबाली नस्ट भएको भनी आएका समाचार तथा टिप्पणी निराधार छन्’, प्रेस संयोजक किरण भट्टराईले भनेका छन्, ‘कार्यक्रमस्थलको छनौट स्थानीय प्रशासन र गाउँपालिकाले तय गरेको थियो।’ भट्टराईले बाढीले नष्ट गरेको खोला किनारको धानखेत नजिकै कार्यक्रमस्थल आएका सुझावलाई ख्याल गर्दै आगामी दिनमा यस्ता कुरामा थप सचेतता अपनाउने प्रतिवद्धता पनि जनाएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *