Sajhamanch Archive

प्रदेश १ मा थपिए ६४ कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा आज ६४ कोरोना संक्रमित थपिएका छन् । थपिनेहरुमा २४ महिला र ४० पुरुष रहेका छन् ।

मोरङमा २९, सुनसरीमा १९, झापामा ५, धनकुटामा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा सोमबार २३ जनामा संक्रमण पुष्टि भएको छ । १० महिला र १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको सुन्दरहरैचामा १ महिला, २ पुरुष, बेलबारीमा १ महिला, १ पुरुष, जहदामा १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको गढीमा ३ महिला, ३ पुरुष, दुहवीमा ३ पुरुष, बर्जुमा ४ महिला, १ पुरुष, धरानमा २ महिला, १ पुरुष, इटहरीमा १ महिला को रिपोर्ट पोजेटिभ आएको छ

त्यस्तै झापाको बार्हदशीमा १ महिला ,४ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा २ पुरुष, संखुवासभाको खाँदबारीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला, ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ७ सय २३ पुगेको छ ।

प्रदेश १ बाट आज १२ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट १२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनको संख्या १ हजार २८० पुगेको छ । प्रदेश १ मा सोमबार १ हजार ५ सय ५० जनाको पीसीआर परीक्षण भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *