सोमबार प्रदेश १ मा तीन जना कोरोना संक्रमितको मृत्यु
Published:
by .विराटनगर । प्रदेश १ मा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईजना पुरुष र कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा एकजना पुरुषको मृत्यु भएको हो ।
वीपीमा आइतबार साँझ धरान–८ का ६७ वर्षीय पुरुषको निधन भएको थियो । प्रतिष्ठानमा पहिलो पहिलो प्लाज्मा थेरापी गरिएका पुरुषको मृत्यु भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए। यसैगरी वीपीमै सोमबार दिउँसो सिराहाको मलहाना–२ गोविन्दपुरका २२ वर्षीय युवकको मृत्यु भएको प्रवक्ता सापकोटाले बताए ।
यसैगरी कोशीको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–८ का ६५ वर्षीय पुरुषको आइतबार राति ९ बजे मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा तीनजनाको मृत्युसँगै ६४ जना संक्रमित थपिएका छन् । सोमबार सामाजिक विकास मन्त्रालयले सार्वजानिक गरेको सुचनामा २४ महिला र ४० पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको पुष्टि गरेको हो ।
Comments