Sajhamanch Archive

भोजपुर प्रवेश गर्ने सबै नाका सिल

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

भोजपुर । भोजपुर जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका १५ दिनका लागि सिल गरिएको छ। कारोना भाइरस (कोभिड –१९) को संक्रमण जोखिम न्यूनीकरणका लागि सोमबार बसेको सरोकारवाला पक्षको बैठकले सम्पूर्ण नाका सिल गर्ने निर्णय गरेको हो।

यस्तै बैठकले होल्डिङ्ग सेल्टर व्यवस्थापन तथा लेगुवाघाटमा हेल्पडेक्स सञ्चालनलाई निरन्तरता दिन भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाबाट १४ लाख र सात वटा गाउँपालिकाबाट पाँच लाख रुपैयाँका दरले ४४ लाख संकलन गर्ने निर्णयसमेत गरेको छ। ती स्थानीय तहले पहिलो किस्तास्वरुप ४० प्रतिशत रकम तत्काल उपलव्ध गराउने निर्णय भएको भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइटेलले जानकारी दिए।

बैठकले पिसिआर मेसिन स्थापना गर्न धनकुटा जिल्लासँग समन्वय गरी साझेदारीमा धनकुटामा स्थापना गर्न भोजपुर नगर प्रमुख कैलाश कुमार आलेको संयोजकत्वमा पाँच सदस्य समिति बनाइएको छ। साथै जिल्ला अस्पतालमा आइसियू स्थापना गर्न प्रदेश मन्त्रालयसँग समन्वय गरी कार्य प्रारम्भ गर्न आवश्यक पहल गर्ने गरी जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काको संयोजकत्वमा तीन सदस्य समिति पनि गठन गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *