पाटन अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु
Published: (Updated: )
by .काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ७४ वर्षिय कोरोना संक्रमित पुरुषको सोमबार बेलुका मृत्यु भएको हो ।
त्यसैगरी, धुनषाका ७६ वर्षीय कोरोना संक्रमित पुरुषको समेत पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
Comments