Sajhamanch Archive

प्रदेश २ मा बढ्यो बलात्कार घटना, स्वास्थ्यकर्मी नै बलात्कारी !

Published: in विविधा by .

जनकपुरधाम । आइतबार बारा निजगढकी एक किशोरीलाई एक्कासी पेट दुख्यो। १७ वर्षीया उनले सहन सकिनन्। तत्कालै उनी निजगढ नगरपालिका वडा नं. ११ रतनपुरस्थित सामुदायिक हेल्थ क्लिनिक पुगिन्।

क्लिनिकमा नाम दर्ता गराइन्। त्यसपछि उनलाई स्वास्थ्य सहायक (एचए) प्रमोद साहको कक्षमा पु¥याइयो। तर साहले किशोरीलाई उपचार गर्नुको साटो बलात्कार गरे। किशोरीले क्लिनिकबाट निस्केर रुँदै प्रहरीलाई खबर गरिन्। केही बेरमै अस्थायी प्रहरी पोस्ट रतनपुरको टोलीले २६ वर्षीय स्वास्थ्यकर्मी साहलाई नियन्त्रणमा लिए। अहिले उनलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

यस्तै, सप्तरीको कन्चनरुप नगरपालिका वडा नं.६ स्थित धार्मिक सामुदायिक बनमै एक किशोरी शनिबार दिउँसो बलात्कृत भइन्। किशोरीलाई वनमा फकाएर लगि बलात्कार गरेका सप्तकोशी नगरपालिका वडा नं. १० का १९ वर्षीय फूलकुमार रामलाई प्रहरीले पक्राउ गरिसकेको छ।

यस्तै, भदौ १ मा धनुषामा एक किशोरीमाथि चार युवकले फिल्मी शैलीमा उठाएर खेतमा लगि सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। सामूहिक बलात्कारमा संलग्न धनुषाधाम नगरपालिका वडा नं.२ धरमपुरका १९ वर्षीय विजयकुमार यादव पक्राउ परेपछि घटना सार्वजनिक भएको हो।

प्रहरीका अनुसार किशोरी घर जाँदै थिइन्। उनको साथमा दुई भाइ पनि थिए। दुई मोटरसाइकलमा सवार चार युवक उनीहरुको पछि लागे। कसैलाई नदेखेपछि ती चारै युवकले किशोरीलाई घेरे। किशोरीको साथमा रहेका उनकै दुई भाईलाई कुटेर भगाइदिए। होहल्ला भएपछि गाउँका धेरै त्यहाँ पुगे। तर ती चारै युवक फिल्मी शैलीमा सबैलाई लखेटेर भगाए। अनी किशोरीलाई सुकुन यादबको धान खेतमा लगेर पालैपालो बलात्कार गरे। धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्र भन्छन्, ‘घटनामा संलग्न यादबलाई पक्राउ गरी जबर्जस्ती करणी मुद्दामा म्याद थपेर कारबाही बढाएका छौं।’ घटनामा संलग्न अन्य तीन युवक फरार रहेका र उनीहरुको पनि खोजी गरिरहेको उनको भनाइ छ।

पछिल्लो समय सुरक्षाकर्मी कोरोना भाइरस नियन्त्रणमा केन्द्रित भएपछि बलात्कारको घटना बढेको छ। अहिले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अधिकांश स्थानीय तह लकडाउनमा छ। प्रहरीको ध्यान लकडाउन पालना गराउनमा केन्द्रित भएपछि बलात्कार र अन्य अपराधिक घटना ह्वात्तै बढेको स्थानीय बताउँछन्।

                                                                                                                      स्रोत : थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *