विर्तामोड नगर भित्र लाग्ने साप्ताहिक हाट बन्द
Published:
by .बिर्तामोड । कोरोना भाइरस संक्रमण समुदायमा देखिएपछि विर्तामोड नगरपालिकाले साप्ताहिक हाडबजार बन्द गर्ने भएको छ । आज बसेको नगर कार्यपालिकका बैठकले संक्रमण रोकथाम र नियन्त्रणका लागि नगर क्षेत्रभित्र लाग्ने सबै साप्ताहिक हाटबजार अर्को सूचना प्रकाशित नहुन्जेल बन्द गर्ने निर्णय गरेको हो ।
अन्य बजार स्वास्थ्य माप दण्ड पुरा गरेरमा मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । त्यसैगरी कोरोनाको पूर्ण जोखिमका रहेका अटो ड्राइभरलाई पनि पाँच दिन होल्ड गराई उनीहरुको पीसीआर पीसीआर परीक्षण गरिने बताइएको विर्तामोड नगरपालिकाले जनाएको छ ।
बिर्तामोड –५ मा समुदायस्तरमा कोरोना देखिएपछि नगरले बिर्तामोडस्थित रत्न र प्रसाई मार्केट सिल गरेको छ । सो क्षेत्रमा आजबाट ट्रेसिङको काम थालिएको छ ।
बिर्तामोडमा समुदायस्तरमा कोरोना देखिँदा पनि नगरपालिका पूर्ण रुपमा सिल गर्नसकेको छैन ।
नगर कार्यापालिकाको बैठकले संक्रमितको संख्या बढ्न थालेकाले २५ बेड क्षमताको आइसोलेशन बनाउने निर्णय भएको बताइएको छ ।
Comments