Sajhamanch Archive

बुद्धशान्तिमा आंशिक लकडाउन

Published: (Updated: ) in लोकप्रिय, समाज, स्वास्थ्य by .

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकामा भदौ १५ गते राती १२ बजेसम्म लकडाउन थप गरिएको छ । यद्यपी लकडाउन भने आंशिक  रुपमा गरिने भएको छ ।

लकडाउनको समयमा होटल, व्युटि पार्लर, सैलुन, सिनेमा हल, जिम खाना भने पूर्ण रुपमा बन्द हुने र सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनुरुपका सजकता अपनाएर बैंक तथा वित्तिय संस्था, दैनिक उपभोग्य पसल व्यवसाय बिहान ८ बजेदेखि २ बजेसम्म सञ्चालन गर्न दिने गरी आंशिक लकडाउन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताए ।

मंगलबार गाउँपालिकामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, बजार व्यवस्थापन समितिका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्वास्थ्यकर्मीसहित बसेको बैठकले लकडाउन पुनः थप गरेको हो । यसैबीच गत शुक्रबार ९५ जनाको स्वाव संकलन गरि परीक्षणका लागि धरान पठाइएकोमा सबैको रिर्पोट नेगेटिभ आएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *