Sajhamanch Archive

कनकाईका एक स्थानीयमा कोरोना संक्रमण पुष्टि

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by .

कनकाई । झापाको कनकाई नगरपालिकाका एक जनामा कोरोना पोजेटिभ देखिएको छ । कनकाई नगरपालिकामा दोस्रो पटक समुदायमा कोरोना देखिएको हो ।

कनकाई नगरपालिका वडा नं. १ निवासी ४० वर्षीय एक व्याक्तिमा आज कोरोना संक्रमण पुष्टि भएको नगरप्रमुख राजेन्द्र पोखरेलले बताए । उनका अनुसार सक्रमित व्यक्ति कनकाई १ का स्थानीय बासी हुन् ।

संक्रमित व्यक्तिलाई मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसनमा पठाइएको नगरपालिकाले जनाएको छ ।

संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी कार्य सुरु गरिएको नगरप्रमुख पोखरेलले जानकारी दिए ।

यस अघि समुदायमा एनएनबी बैंकमा काम गर्ने एक उच्च तहका कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *