पाटन अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु
Published:
by .काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ । उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
Comments