Sajhamanch Archive

क्वारेन्टिन नियम तोडेको भन्दै एक महिलालाई ६ महिना जेल सजाय

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

कोभिड–१९ बारे संसारभरीका केही संक्षिप्त जानकारी यस्ता छन्ः

– अमेरिकाको अलबामा विश्वविद्यालयमा कक्षा सुरु भएको एक हप्तापछि कोभिड–१९ का ६ सय ६६ संक्रमित फेला परेका छन् । मार्चमा वसन्तको छुट्टीपछि गत हप्ता २० हजारभन्दा बढि विद्यार्थी विश्वविद्यालय आउन सुरु भएका थिए ।

– नयाँ आँकडा अनुसार भारतको राजधानी दिल्लीमा गत हप्ता कोरोनाभाइरस संक्रमणमा एक चौथाई वृद्धि भएको छ । १८ देखि २४ अगस्टबीच ९ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए जबकी त्यसको अघिल्लो हप्तामा ७ हजार २ सय संक्रमित फेला परेका थिए ।

– अर्जेन्टिनामा पछिल्लो २४ घण्टामा ८ हजार ७ सय १३ संक्रमित देखिएका छन् भने ३ सय ८१ को मृत्यु भएको छ । यस्तै राजधानी ब्यूनस आयर्समा क्वारेन्टिनको नियम कडा गरिएको छ । अधिकारीले नयाँ संक्रमण र अन्य क्षेत्र फैलने विषयमा चेतावनी दिएका थिए ।

– क्वारेन्टिन नियम तोडेको भन्दै अष्ट्रेलियामा एक महिलालाई ६ महिनाको जेल सजाय तोकिएको छ । २८ वर्षीय महिलालाई अत्यधिक प्रभावित भिक्टोरिया क्षेत्रबाट पश्चिमी अष्ट्रेलिया जाने अनुमति दिइएको थियो जहाँ उनी १४ दिनसम्म होटलमा क्वारेन्टिनमा नबसेपछि उक्त सजाय तोकिएको हो ।

– कोभिड–१९ का संक्रमित बढेका कारण दक्षिण कोरियाको सियोलमा ११ सेप्टेम्बरसम्म स्कूल बन्द गरिएको छ । यहाँ दुई हप्तामा २ सय बढी बालबालिका र कर्मचारी संक्रमित भएका छन् ।

स्रोतः बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *