Sajhamanch Archive

राइजिङ टिमले सरसफाई र वृक्षरोपण गर्ने

Published: in समाज by .

मेचीनगर । स्टुडेन्ट्स राइजिङ टिम मेचीनगरले आगामी साउन २६ गते मेचीनगरका केही सार्वजानिक स्थलहरु सरसफाई तथा वृक्षारोपण गर्ने भएको छ ।

स्टुडेन्ट्स राइजिङ टिम मेचीनगरमा क्रियाशील सदस्य अभिषेक दाहालका अनुसार स्टुडेन्ट्स राइजिङ टिमले विगत २ वर्षदेखि विद्यँलय र विद्यँर्थीको क्षेत्रमा विविध कार्यक्रमको आयोजना गर्दै आएको छ ।

विद्यार्थी विशेष अतिरिक्त क्रियाकलाप कार्यक्रम, विद्यार्थीका लागि विभिन्न नेतृत्व विकास तालिम साथै विभिन्न चाडपर्वमा लोकभाका झल्किने सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

दुई वर्षको सफल कार्यकाल पछि सम्पन्न भएको वार्षिक साधारणसभाबाट पुनःगठित नयाँ कार्यसमितिको पहिलो कार्यक्रम सार्वजनिक स्थलमा वृक्षारोपण तथा सरसफाई आयोजना गरिन लागेको संस्थाका सदस्य दाहालले बताए ।

‘विद्यार्थीको एकता, आजको आवश्यकता’ संस्थाको मूल नारा रहेको छ । ‘सरकारी विद्यालयका विद्यार्थी र निजी विद्यालयका विद्यार्थी बीचको सम्बन्ध सुधारका काममा समेत सो संस्थाले महत्वपूर्ण भूमिका प्रस्तुत गर्नेछ’ संस्थाका अध्यक्ष मञ्जु चिमरियाले बताइन् ।

प्रशिक्षार्थी– अभिजित दवाडी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *