Sajhamanch Archive

टर्की पालन व्यवसायमा रमाउँदै युवा

Published: in विविधा, समाज, by .

कमल । नेपालमा कृषि पेशातर्फ युवाहरुको आकर्षण बढ्न थालेको छ । जागिर र व्यवसायमा भन्दा कृषि पेशामा राम्रो आम्दानी हुने देखेर पछिल्लो समय युवाहरुको आकर्षण कृषि पेशा तर्फ बढ्न थालेको हो ।

यसकै उदाहरण हो झापाको कमल गाउँपालिका वडा नम्वर ३ सानो केर्खामा सञ्चालित भिसोदा कृषि फर्म ।
नेपाल प्रहरीको जागिर छाडेर जुत्ता चप्पल व्यवसायमा होमिएका हरि चपागाँईले काठमाडौंको कपनमा ७ वर्ष पछि आफुले गर्दै आएको व्यवसायलाई छोडेर कृषि पेशालाई अंगालेका छन् ।

सजिलो व्यवसाय छोडर उनले टर्की पालन सुरु गरेका हुन् । टर्की पालन सजिलो व्यवसाय पनि रहेछ ।यसलाई घाँस भए पुग्ने र थप आहाराकालागी रेडिमेड दाना खुवाउने गरेकाले पनि यो व्यवसायमा काम गर्न सजिलो भएको उनको भनाई छ ।

दाई कृष्ण चापागाईको हौसला र प्रेरणाले आफु टर्र्की पालन व्यवसायतर्फ उन्नमुख हुन प्रेरणा मिलेको हरि बताउँछन् । उनले व्यवसाय सुरु गर्नु अरुले टर्की पालेको ठाउँमा गएर यसको बारेमा सबै कुरा बुझी सुरु गरेको बताउँछन् ।
व्यवसायिक रुपमा अस्ट्रिज पालन भनेको मेक्सिको र उत्तर अमेरीकामा छ । एसियामा यो व्यवसाय खासै नभएको चापागाई बताउँछन् ।

सुरुमा १ सय ५० वटा चल्लाबाट सुरुगरेको भिसोदा कृषि फर्ममा अहिले १ हजार भन्दा बढी अस्ट्रीज छन् । १ नम्वर प्रदेशकै नमुनाको रुपमा यो फर्म रहेको छ । फर्मले १ नम्वर प्रदेश सरकारकोतर्फ बाट ह्याचिङ्ग मेसिन समेत अनुदानमा पाएको छ ।

भविश्यमा यस फर्म मार्फत अष्ट्रिज राईडिङ्ग गर्ने लक्षका साथ लागेको चापागाईँ बताउँछन् । ईन्डोनेसिया र म्यानमारमा अष्ट्रिज राईडिङ्ग राम्रो चलेको छ त्यसलाई नेपाल भित्र्याउने तयारी रहेको चापागाइले ताए ।। यो सँगै रिसोर्ट सञ्चालन गर्ने समेत योजना छ । रिसोर्टमा आउने हरेक व्याक्तिलाई टर्कीको मासु चखाउने समेतको योजना समेत रहेको चापागाईले जानकारी दिए ।


उनले यसलाई अन्तराष्ट्रिय स्तरसम्म पहुँच पुरयाउँदै यहाँ उत्पादन गरेको टर्कीको मासुलाई प्याकेजिङ्ग गरेर विदेश पठाउने फर्मको लक्ष्य रहेको बताए ।

मासुका साथै छाला र प्वाँखको समेत राम्रो बजार छ । छाला र प्वाँख प्रशोधन गर्ने उपकरणको खोजी गरिहेको समेत उनले जानकारी दिए ।

फर्मको अवलोकन गर्न नेपालका साथै भारतको विभिन्न ठाउँ बाट आउने गरेका छन् । हाल फर्ममा हप्तामा ५ देखि ६ सय चल्ला उत्पादन हुन्छ । यसले बजारको माग पुरागर्न सकेको छैन ।

पछिल्लो समय युवाहरुमा कृषि पेशातर्फ आकर्षण बढी रहेको छ । यस्तो अवस्थामा सरकारले व्यवसायिको माग अनुसार तालिम, विमा, कृषि कर्जाका साथै उनिहरुले उत्पादन गरेको बस्तुको निर्यातमा समन्वयकारी भूमिका खेल्ने हो भने मात्र देश र कृषि पेशामा लागेका दुवैको हित हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *