Sajhamanch Archive

नेपाल–भारत मैत्री संघको पाँचौं मैत्रीसभा भदौ ९ गते हुने

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । नेपाल–भारत मैत्री संघ झापाको पाँचौं मैत्रीसभा आगामी भदौ ९ गते शनिबार हुने भएको छ ।

संघको मंगलबार बसेको बैठकले भद्रपुरमा भदौं ९ गते शनिबार नयाँ जिल्ला कार्यसमिति चयन गर्ने गरी मैत्रीसभा गर्ने निर्णय गरेको हो ।

संघका झापा अध्यक्ष हुलासचन्द्र सरियाको अध्यक्षतामा बसेको बैठकले हालसम्म संघले गरेको कार्यक्रमहरुको आय–व्यय विवरणसमेत पास गरेको छ ।

समितिले नयाँ कार्यसमिति चयन गर्न निर्वाचन समिति चयन गरेको छ । झापा वारका अध्यक्ष सुरज खत्रीको संयोजकत्वमा गठित निर्वाचन समितिको सदस्यहरुमा माधव विद्रोही र गोपाल गिरीलाई चयन गरिएको संघका अध्यक्ष हुलासचन्द्र सरियाले बताए ।

उनका अनुसार संघको ५ वटा शाखा समिति र जिल्ला संघमा २७९ जना सदस्य रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *