Sajhamanch Archive

चन्द्रकलामाथि कुटपिट गर्नेलाई कारबाही गर्न खेलाडी संघको माग

Published: in खेलकुद by .

झापा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सातौं र आठौं राष्ट्रिय खेलकुदकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि जातीय विभेदसहित कुटपिट गरी गम्भीर घाइते बनाउने दोषीमाथि कारबाहीको माग गरेको छ ।

एथ्लेटिक्सतर्फ सटफुट र ज्याब्लिन थ्रोकी स्वर्ण पदक विजेता तथा राष्ट्रिय कीर्तिमानी खेलाडी लामगादेमाथि जातीय विभेद र कुटपिट गरिएको भन्दै दोषीमाथि कारबारहीको माग गरेको हो ।

खेलाडी संघले घाइते खेलाडीको अवस्था बुझ्‍न र सहयोग गर्न सम्बन्धित संघ, राखेप र युवा तथा खेलकुद मन्त्रालयको समेत ध्यानाकर्षण गरेको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

संविधानले नै जातीय दुर्व्यवहारका घटनालाई प्रतिबन्ध गरेको र रोक लगाएको भन्दै यस्तो अमानवीय घटनाको खेलाडी संघले भर्त्सना गरेको छ ।

चन्द्रकला सात महिनाकी गर्भवती समेत रहेको जनाइएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा सिंगो देशका लागि प्रतिनिधित्व गर्ने खेलाडी कुनै जात विषेशको नहुने भन्दै खेलाडी माथिको यो दुर्व्यवहार सह्य नभएको खेलाडी संघले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *