Sajhamanch Archive

माता–पिता बन्दै अनुष्का–विराट कोहली

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by .

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्मा माता–पिता बन्ने भएका छन् । विराटले सामाजिक सञ्जाल मार्फत आफूहरु अभिभावक बन्न लागेको खुलाएका हुन् ।

अनुष्कासँगको तस्बिर पोस्ट गरेर उनले आउँदो जनवरीमा सन्तानको स्वागत गर्ने तयारीमा रहेको जनाएका हुन् । तस्बिरमा अनुष्का र विराट निकै खुशी देखिएका छन् ।

विराटले दिएको जानकारी अनुसार अनुष्काले सन् २०२१ को जनवरीमा सन्तान जन्माउने छिन् । अनुष्का गर्भवती रहेको खुलाएसँगै शुभकामनाको ओइरो लागेको छ । विराट र अनुष्काले केही वर्षको प्रेम सम्बन्धपछि सन् २०१७ मा विवाह गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *