Sajhamanch Archive

नेपाल आयाल निगमका १५ जना कर्मचारीमा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौ । नेपाल आयाल निगम (एनओसी)का १५ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । निगमको क्षेत्रीय कार्यालय तथा पेट्रोलियम डिपो अमलेखगंज पेट्रोल पम्प, भैरहवा पेट्रोल पम्प र वीरगंज पेट्रोल पम्पमा गरी कुल १५ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

अमलेगन्ज क्षेत्रीय कार्यालमा ६ जना, भैरहवामा समान ६ जना र नेपालगंजमा ३ जना गरी १५ जना निगमका कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

यसअघिनै अमलेखगंजका चारजना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएपछि तीन दिनका लागि निगमले उक्त पेट्रोल पम्प सिल गरेको थियो । उक्त पम्प बन्द भएपछि निगमले पेट्रोलियम पदार्थ वितरण भैरहवाबाट गर्ने व्यवस्था मिलाएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *