झापामा करेन्ट लागेर महिलाको मृत्यु
Published: (Updated: )
by .झापा । झापाको अर्जुनधारामा करेन्ट लागेर बुधबार अपराह्न एक महिलाको मृत्यु भएको छ ।
अर्जुनधारा नगरपालिका वडा नं.३ निवासी २४ वर्षीय अन्जना राईलाई आफ्नै घरमा पंखा चलाउने क्रममा करेन्ट लागेको थियो ।
अपराह्न साढे चार बजे करेन्ट लागेका उनको उपचारका क्रममा बिएन्डसी हस्पिटलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
Comments