Sajhamanch Archive

कोरोना संक्रमणबाट मृत्यु हने संख्या १८३ पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८३ पुगेको छ ।  पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट पाँच महिला र तीन पुरुषकको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेमा ललितपुरका ६५ वर्षीया एकजना, बाराका २३ वर्षीया एकजना, कास्कीका ३२ वर्षीया एकजना, रुपन्देही र बाँकेका ७० वर्षीया एक-एकजना महिला रहेका छन् ।

त्यसैगरी काठमाडौंका ४८ वर्षीय, पर्साका ६२ वर्षीय एकजना र कपिलवस्तुका ५० वर्षीया पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *