Sajhamanch Archive

मेचीनगरमा थप तीन जनमा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in विविधा, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । झापाको मेचीनगरमा थप तीनजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडानम्वर ४ का वडाध्यक्ष नवीन वरालका अनुसार वडा नम्बर २ का १५ र १६ वर्षीय दुईजना किशोरसहित २१ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । तीनैजना भारतबाट आएर झापाको मेचीनगर धुलावारी स्थित अतिथि सदनमा बसेका थिए ।

भदौ ९ गते उनीहरुको पीसीआर परीक्षणका लागि थ्रोड स्वावको नमूना संकलन गरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माईक्रो बायोलोजिकल विभागमा पठाइएको थियो । शनिबार पीसीआर परीक्षण रिर्पोट पोजेटिभ आएको वरालले बताए । उनीहरुमा संक्रमण पुष्टि भएपछि मेचीनगर ११ स्थित नवनिर्मित भवनको आइसोलेसन सेन्टरमा राखिने उनको भनाई छ । यो सँगै मेचीनगरमा कोभिड १९ को संक्रमितको संख्या १ सय ९ पुगेको छ भने ९८ जनाले कोरोना जितेर घर फर्की सकेका छन् ।

यता नगरपालिकाले वडानम्बर ७ र ८ मा घोषणा गरेको लकडाउन खुला गरेको वरालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *