Sajhamanch Archive

सीसीएमसीका कार्यालय सहयोगीलाई कोरोना देखिएपछि रक्षामन्त्री र गृहमन्त्री आइसोलेसनमा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं । एकजना सहयोगी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ होम आइसोलेसनमा बसेका छन्।

कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकमा चिया लैजान एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि पोखरेल र थापा होम आइसोलेसनमा बसेका हुन्।

उपप्रधानमन्त्री पोखरेल सिसिएमसीका संयोजकसमेत हुन्। सिसिएमसीको बैठकमा चिया लैजाने कार्यालय सहयोगीलाई कोरोना देखिएपछि दुवै मन्त्री घरमै बसेका हुन्। त्यही कार्यक्रममा उपस्थित भएका गृहमन्त्री थापाले पनि भेटघाट बन्द गरेर होम आइसोलेसनमा बसेका छन्।

मन्त्रीद्वय होम आइसोलेसनमा बसेसँगै नेकपाले भोलि बोलाएको सचिवालय बैठकसमेत स्थगित गरेको छ।

‘सिसिएमसीको बैठकमा चिया लैजाने तथा अन्य कामका लागि आवतजावत गर्ने एक कर्मचारीलाई आज बिहान कोरोना पुष्टि भएको छ’, रक्षा मन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले भने, ‘कर्मचारीमा संक्रमण पुष्टि भएकाले स्वाब परीक्षणको रिपोर्ट नआउन्जेल उहाँ (उपप्रधानमन्त्री) पुल्चोकस्थित मन्त्री निवासमै रहनुहुनेछ। रिपोर्ट नआउन्जेल सबै भेटघाट बन्द गरिएको छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *