Sajhamanch Archive

फेसबुकबाट मायाजालमा पार्ने ‘सुन्दरी’ त पुरुष पो रहेछन्

Published: in समाज by .

काठमाडौं । सामाजिक सञ्‍जाल फेसबुकमा महिला बन्दै ठगी गरेर हिँड्ने एकजना पुरुष पक्राउ परेका छन्।

फेसबुकमा एकाउन्ट खोलेर गुगलबाट महिलाको आकर्षक फोटो हाल्दै ठगी गर्ने कैलालीको महोन्याल गाउँपालिका वडा नं.३ का २७ वर्षीय धनबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो।

महिलाको नामबाट खोलिएको फेसबुक आइडीबाटै च्याट गर्दै प्रलोभन देखाइ, माया जालमा पारी उनले ठगी गर्ने गरेको प्रहरीले जनाएको छ। त्यसक्रममा शाहीले विभिन्‍न अश्लील फोटोको माध्यमबाट ब्ल्याक मेल गर्ने गरेको पनि पत्ता लागेको छ।

उनले च्याटमै ब्ल्याक मेल गरेर आइएमईबाट रकम माग्दै नदिएमा आफन्तजन, साथीलाई समेत फोटो पठाएर बेइज्जत गरी दिन्छु भन्‍ने गरेका थिए। पटक-पटक ब्ल्याकमेल गरी ठगीको अभियोगमा शाहीलाई काठमाडौंको कोटेश्वरबाट पक्राउ गरी ठगीसम्बन्धी कसुरमा मुद्दा चलाउन महानगरीय प्रहरी परिसरमा पठाइएको अपराध महाशाखाले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *