Sajhamanch Archive

विर्तामोडमा चौतारी उद्घाटन तथा ज्येष्ठ नागरिक सम्मान

Published: (Updated: ) in विविधा, समाज by .

विर्तामोड । झापा बिर्तामोड नगरपालिका ९ मा स्थानीयको संकृयतामा चौतारी निर्माण गरिएको छ ।सरस्वती कीर्तन मण्डली र नमुना टोल बिकास समितिकोको पहल र संकृयतामा चौतारीको निर्माण सम्पन्न भएको हो।

चौतारी उद्घाटनका प्रमुख अतिथी एवम् प्रदेश १ का सांसद एकराज कार्कीले स्थानीय सरकार गठन भएपछी गाउँको बिकास भएको बताए । ३ बर्ष अगाडि र अहिलेमा फरक आएको छ ,सबैको प्रयासले सामुहिक भावनाको बिकास गर्छ सरकारले भौतिक निर्माण गर्छ । कार्यक्रममा टोल बिकासका ४ जना वृद्ध बृद्दालाई सम्मान समेत गरिएको छ ।

सम्मानित हुनेमा चन्द्रमाया कार्की, ददिराम सुबेदी, कृष्ण प्रसाद न्यौपाने, वस्सला भेट्वाल लाई सम्मान गरिएको हो।पछिल्लो समय पार्टी,चौतारा ,पौवा हराउदै गएको र भएका पनि जिर्ण भएकाले आफ्नै ठाउँमा चौतारी निर्माण गरिएको संयोजक प्रदिप संग्रौलाले बताए ।मन्डलीको सल्लाहकार प्रमुख शिवलाइ सेडाइको अध्यक्षता रहेको कार्यक्रममा वडाध्यक्ष पबित्रा पाठक सदस्य दिल कुमारी राजंबशी नेकपा वडाध्यक्ष तुलसीराम काफ्ले ,लगायतले आ–आफ्ना भनाइ राखेका थिए।स्थानीयको सहयोगमा चौतारी करिब ३ लाख मुल्यमा निर्माण सम्पन्न गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *