Sajhamanch Archive

संखुवासभामा एक साता निषेधाज्ञा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

संखुवासभा । कोरोना संक्रमण बढ्दै गएपछि संखुवासभामा एक साता निषेधाज्ञा जारी गरिएको छ। शुक्रबार बसेको जिल्लास्तरीय कोभिड १९ जोखिम व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकले एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आर्चायका अनुसार निषेधाज्ञा शुक्रबार राति १२ बजेदेखि भदौ १८ गतेसम्म गरिएको छ। निषेधाज्ञामा सवारी साधन र बजार बन्दका साथै अत्यावश्यकबाहेक हिँड्डुल बन्द गरिएको हो ।

अत्यावश्यक सेवाका सवारी साधन भने चल्नेछन्। सरकारी कार्यालय, सार्वजनिक संस्थाहरु सकभर विद्युतीय माध्यामबाट गर्न प्रशासनले आग्रह गरेको छ। साप्ताहिक हाटबजार पनि पूर्णरुपमा बन्द गरिएको छ। बैठकले जिल्लामा हुने सम्पूर्ण भेला, सभा, जुलुस, गोष्ठी, तालिम सेमिनारमाथि प्रतिबन्ध लगाएको छ भने दैनिक हुने नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक कार्यमा नगर्न भनेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *