Sajhamanch Archive

पाटन अस्पतालमा काठमाडौं र भक्तपुरका दुईजना कोरोना संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं र भक्तपुरका महिला रहेका छन्।

प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यका अनुसार काठमाडौंकी ५१ वर्षीया महिलाको शुक्रबार राति साढे १० बजे र भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार बिहान पौने ७ बजे मृत्यु भएको हो।

काठमाडौंकी महिला भदौ ८ गते र भक्तपुरकी महिला साउन ३० गतेदेखि अस्पतालमा उपचाररत रहेको शाक्यले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *