Sajhamanch Archive

मोटरसाइकल दुर्घटनामा परेर प्रहरी हवल्दारको मृत्यु

Published: in समाज by .

विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत एकजना प्रहरी हवल्दारको मोटरसाइकल दुर्घटनामा परेर शनिबार बिहान मृत्यु भएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका हवल्दार विजयकुमार मण्डलको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा बिहान ५ः३० बजेतिर मृत्यु भएको हो । सप्तरीको बलान घर भएका मण्डल कार्यालयकै मोटरसाइकलमा गस्तीमा निस्किएका बेला बिहान ४ बजेतिर दुर्घटनामा परेका हुन् ।

हवल्दार मण्डलले चलाएको को १ प २११५ नम्बरको मोटरसाइकल इनरुवा नगरपालिका वडा नं.९ बबिया मोडस्थित भित्री सडक खण्डमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले बताए । उनको टाउकोमा गहिरो चोट लागेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *