Sajhamanch Archive

विद्यालयभित्रै तास खेल्ने प्रधानाध्यापकसहित ११ जना पक्राउ

Published: in विविधा, समाज by .

चितवन । चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

खैरहनी नगरपालिका वडा–२ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको बताएको छ । बिहीबार दिउँसो १ बजेतिर प्रहरीले विद्यालयबाट उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय खैरहनीले बताएको छ ।

उनीहरुको साथबाट ४५ हजार ६४० रुपैयाँ बरामद भएको प्रहरीको भनाइ छ । कोरोना संक्रमण न्यूनीकरणका लागि सरकारले अवलम्बन गरेको उपायको उल्लंघन तथा विद्यालयभित्रै तास खेल्नेहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *