Sajhamanch Archive

डाक्टर गोविन्द केसीलाई राज्यले अमानवीय व्यवहार गरिरहेको छ : चिकित्सक संघ

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । डाक्टर गोविन्द केसीलाई बसेको स्थानबाट बाहिर जान, हिँडडुल गर्न सुरक्षाकर्मीको प्रयोग गरेर बल प्रयोग गरिएको भन्दै नेपाल चिकित्सक संघले विरोध जनाएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार तथा सुशासनका अभियन्तालाई दुर्गम स्थानमा गएर स्वयंसेवा गर्न नदिनु गैरमानवीय काम भएको चिकित्सक संघको भनाइ छ ।

समाज सेवामा हिँडेका डाक्टर केसीलाई विनाकारण सुरक्षाको घेरामा राख्ने, हिँडडुल गर्न नदिने, नागरिकहरुसँग सम्पर्क गर्न नदिने जस्ता अत्यन्तै अस्वभाविक र गैरमानवीय कार्य तत्काल रोक्न पनि चिकित्सक संघले माग गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *