Sajhamanch Archive

बाँदरलाई हानेको गोली लागेर बालकको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by .

खोटाङ । बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लाग्दा खोटाङमा एक बालकको मृत्यु भएको छ ।

ऐंसेलुखर्क गाउँपालिका वडा नं.४ जलेश्वरीका मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको छर्राले लाग्दा १२ वर्षीय शैलेन्द्र तामाङको ज्यान गएको हो । सुठुनीबारीमा बाँदर धपाउनका लागि शुक्रबार साँझ भरुवा बन्दुक पड्काउने क्रममा छर्रा लाग्दा बालकको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नारायणप्रसाद चिमोरियाले बताए ।

प्रहरीले मानकाजीलाई बन्दुकसहित पक्राउ गरेको छ । बुवाआमा वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएपछि शैलेन्द्र सानिआमाको घरमा बस्दै आएका थिए ।

स्रोत : उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *