Sajhamanch Archive

प्रदेश १ मा शनिबार १ सय १२ जना कोरोना संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । शनिबार कोरोना भाइरसका १ सय १२ जना संक्रमित प्रदेश १ मा थपिँदा ९ जना डिस्चार्ज भएका छन्। मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जनामा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरमा १० महिला, ११ पुरुष, कटहरीमा ६ महिला, ९ पुरुष, पथरीशनिश्चरेमा ७ पुरुष, सुन्दरहरैँचामा १ महिला, १ पुरुष, बेलबारी र सुनबर्षीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। त्यसैगरी सुनसरीको इटहरीमा २ महिला, ७ पुरुष, दुहबीमा ३ महिला, ६ पुरुष, धरानमा २ महिला, ४ पुरुष संक्रमित भएका छन् ।

त्यस्तै,झापाको दमकमा ७ महिला, ९ पुरुष,झापा गाउँपालिकामा १ महिला, २ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला, १८ पुरुष, संखुवासभाको खाँदबारीमा २ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको छ भने कोरोना संक्रमितको संख्या ३ हजार २ सय १६ पुगेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा शनिबार ९ जना डिस्चार्ज भएका छन्। झापा मेचीनगरको धाइजन आइसोलेस केन्द्रबाट ९ जना डिस्चार्ज भएका हुन्। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय २५ पुगेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *