Sajhamanch Archive

चन्द्रकलालाई न्याय दिलाउन दलित संघसंस्था आन्दोलित

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

मेचीनगर । एथ्लेटिक्सकी राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेलाई कुटपिट र जातीय विभेद गर्ने दोषीमाथि कानूनी कारवाहीको माग गर्दै दलित अधिकारवादी संघसंस्था आन्दोलित भएका छन्।

संयुक्त दलित राजनीतिक सङ्घर्ष समितिले शनिबार मेचीनगरमा पत्रकार सम्मेलन गरी पीडितलाई न्याय र पीडकलाई सजाय दिलाएरै छाड्ने प्रतिबद्धता जनाएको छ।

राष्ट्रिय खेलकूदमा एथ्लेटिक्सकी स्वर्ण पदक विजेता चन्द्रकला र उनका पति सुमन खातीलाई यही भदौ ८ गते राति ८ः०० बजेतिर आफ्नै घरमा खाना खाइरहेका बेला छिमेकी दुर्गा श्रेष्ठ र विष्णुमाया श्रेष्ठले निर्घात कुटपिट गरेका थिए। सात महिनाकी गर्भवती चन्द्रकलालाई कुटपिटमा संलग्नले जातीय विभेद गर्दै तथानाम गालीगलौजसमेत गरेका थिए।

घटनापछि श्रेष्ठ दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । पीडित चन्द्रकला चार दिनको उपचारपछि घर फर्किएकी छन् । मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य निरु परियारले २१औँ शताब्दीमा जातीय विभेद असह्य भएको धारणा व्यक्त गर्दै दोषीलाई उन्मुक्ति दिने प्रयास नहोस् भनेर अधिकारकर्मी आन्दोलित हुन बाध्य भएको बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *