Sajhamanch Archive

भारतमा संक्रमण दर उच्च

Published: in मिडियाबाट साभार, स्वास्थ्य by .

विश्वका विभिन्न मुलुकभन्दा छिमेकी मुलुक भारतमा केही दिनयता कोरोना भाइरसको संक्रमण दर उच्च देखिएको छ ।

भारतमा दुई चार दिनयता दैनिक ७० हजारभन्दा बढी संक्रमित भेटिन थालेका छन् । भारत अहिलेसम्म संक्रमणबाट प्रभावित हुनेमध्ये विश्वमा तेस्रो नम्बरमा पर्छ । यही हिसाबले संक्रमण फैलँदै जाने हो भने विश्वमा सबैभन्दा बढी प्रभावित अमेरिका र दोस्रो नम्बरमा रहेको ब्राजिललाई उछिन्ने सम्भावना प्रवल छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ७८ हजार चार सय ७२ जना नयाँ संक्रमित थपिए । हालसम्म भारतमा ३५ लाख ३९ हजार सात सय १२ जनामा संक्रमण पुष्टि भइसकेको वाल्डो मिटरले जनाएको छ ।

एकै दिन नौ सय ४४ जनाको मृत्यु भएपछि कोरोनाका कारण भारतमा ज्यान गुमाउनेको संख्या ६३ हजार छ सय ५७ पुगेको छ । संक्रमितमध्ये २७ लाख १२ हजार पाँच सय २० जना उपचारपछि घर फर्किएका छन् । सात लाख ६३ हजार पाँच सय ३५ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

विश्वकै शक्तिसाली र सबै हिसाबले अगाडि रहेको भनेर दाबी गर्दै आएको अमेरिकामा हालसम्म ६१ लाख ३६ हजार नौ सय ४७ जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिन ४० हजार सात सय १२ जना नयाँ संक्रमित थपिए ।

अमेरिकामा एक लाख ८६ हजार आठ सय २५ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै नौ सय २४ जनाले ज्यान गुमाए । ३४ लाख नौ सय ६८ जना उपचारपछि घर फर्किएको वाल्डो मिटरले जनाएको छ । २५ लाख ४९ हजार एक सय ५४ जना उपचाररत रहेकोमा १६ हजार एक सय ८३ जनाको अवस्था गम्भीर छ । ब्राजिलमा ३८ लाख ४६ हजार नौ सय ६५ जनामा संक्रमण पुष्टि भइसकेको छ । एक दिनमा २४ हजार तीन सय ६० जनामा संक्रमित थपिए । एक लाख २० हजार चार सय ९८ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा नौ सय चार जनाले ज्यान गुमाए ।

३० लाख छ हजार आठ सय १२ जना उपचारपछि घर फर्किएका छन् । सात लाख १९ हजार छ सय ५५ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको स्वास्थ्य अवस्था खराब छ । विश्वमा कोरोनबाट संक्रमित हुनेको संख्या दुई करोड ५१ लाख ५३ हजार पाँच सय ५३ पुगिसकेको छ । पछिल्लो २४ घण्टामा दुई लाख ५३ हजार नौ सय ५८ जना नयाँ संक्रमित थपिए । हालसम्म आठ लाख ४५ हजार नौ सय २५ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । एकै दिन पाँच हजार दुई सय ४८ जनाको मृत्यु भयो ।

एक करोड ७४ लाख ९१ हजार तीन सय १० जना संक्रमित उपचारपछि कोरोना पराजित गर्न सफल भएका छन् । ६८ लाख १६ हजार तीन सय १८ जना उपचाररत रहेकोमा ६१ हजार चार सय ११ जनाको अवस्था चिन्ताजनक छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *