Sajhamanch Archive

सुन प्रतितोला ३ सय रुपैयाँले बढ्यो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं । गत साता निरन्तर घटेको सुनको भाउ आइतबार भने सामान्य बढेको छ । गत शुक्रबारको तुलनामा आज तोलामा ३ सय रुपैयाँले सुनको भाउ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९७ हजार २ सय तोकेको छ । शुक्रबार तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि बढेर ९६ हजार ७ सय पुगेको छ । शुक्रबार तोलाको ९६ हजार ४ सय थियो ।

आज चाँदीको भाउ भने तोलाको १३४० मा स्थिर रहेको महासंघले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *