Sajhamanch Archive

ओली–प्रचण्डको अनुरोध नारायणकाजीबाट अस्वीकार

Published: in राजनीति by .

काठमाडौं । राजीनामा फिर्ता लिने सन्दर्भमा पार्टी अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गरेको अनुरोध नेकपाका नेता नारायणकाजी श्रेष्ठले ठाडै अस्वीकार गरेका छन्।

केही दिनअघि श्रेष्ठले नेकपाको प्रवक्ताको पदबाट राजीनामा दिएका थिए। हालसम्म उनको राजीनामा भने स्वीकृत भएको छैन। बुधबार बसेको नेकपा सचिवालय बैठकमा ओली(प्रचण्डले श्रेष्ठलाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए।

तर, श्रेष्ठले राजीनामा फिर्ता लिन अस्वीकार गरेका छन्। ‘मैले आनन्दपूर्वक दिएकोले राजीनामा फिर्ता गर्ने कुरा आउँदैन,’ श्रेष्ठले बैठकमा भने, ‘बरु सचिवालयले जे निर्णय गर्छ त्यसमा म सहमत नै हुनेछु।’

डा। गोविन्द केसीले अनशन बसेको बेलामा गोविन्द केसीको अनशनलाई सहयोग पुग्ने गरी बोलेको र सरकारलाई प्रतिकूल असर गर्ने गरी व्यवहार गरेको भन्दै केही दिन अघि ओली(प्रचण्डले श्रेष्ठलाई बालुवाटारमा र्‍याखर्‍याख्ती पारेका थिए।

त्यसलगत्तै श्रेष्ठले राजीनामा दिएका थिए। गोविन्द केसीका मागहरु ठीक भएकोले ती मागहरू सम्बोधन हुनुपर्छ भन्ने धारणा उनले राखेका थिए।

साथै उपकुलपति जस्तो मान्छेलाई एयरपोर्टबाट उठाएर प्रधानमन्त्री निवासमा आधाघण्टासम्म कुराउने काम पनि गलत भएको उनले ओलीसँग बताएका थिए।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *