धरानमा कोरोना संक्रमित आमा छोराको मृत्यु
Published: (Updated: )
by .धरान ।कोरोना संक्रमित दुई जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा आइतबार मृत्यु भएको छ ।
कोरोनाको उपचार गराइरहेका आमा छोराको मृत्यु भएको विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार धरान उपमहानगरपालिका वडा नम्बर १७ निवासी ७४ वर्षीया महिला र ६० वर्षीय पुरुष छन् ।
आमाको विहान साढे ८ बजे निधन भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनलाई मधुमेह, उच्च रक्तचापको समस्या थियो ।
शनिबार कोरोना पोजेटिभ रिर्पोट आएपछि राति ८ बजे उनलाईअस्पताल भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ । उनलाई एक हप्तादेखि अत्यधिक खोकी, श्वास फेर्नमा समस्या र ज्वरोको समस्या थियो ।
यस्तै आइतबार विहान ७.४५ मा छोराको पनि निधन भएको प्रतिष्ठानले जनाएको छ । मृतकलाई मधुमेहको समस्या भएको र २ महिनादेखि कलेजोको पनि समस्या देखिएको उनको परिवारका सदस्यले बताएका छन् ।
केही दिनअघि संकलन गरिएको स्वाबको परीक्षण नतिजामा शनिबार उनको रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको थियो ।
योसँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यस अघि तीन जनाको मृत्यु भइसकेका छ ।
Comments