विद्यालयको ढोकाले चेपिँदा बालकको मृत्यु
Published:
by .सप्तरी । सप्तरीमा विद्यालयमा फलामे ढोका खसेर एक बालकको मृत्यु भएको छ । रुपनी गाउँपालिका ४ स्थित आधारभूत विद्यालय छपकीको हालै निर्माण गरिएको फलामको गेट खस्दा सोही विद्यालयका कार्यालय सहायक चन्द्रशेखर प्रमाणीका १४ बर्षीय छोरा भूपेन्द्रको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि रायपुरस्थित युनिक अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार साँझ ६ः३० बजेतिर भएको उक्त घटनामा ज्यान गुमाएका बालकको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ ।
Comments