Sajhamanch Archive

टिच फर नेपालले तयार पार्‍यो लकडाउन लक्षित पाठ्यपुस्तक

Published: in राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौं । टिच फर नेपालले लकडाउन र निषेधाज्ञाका बेला घरमै बसेर पढ्न मिल्ने ‘वर्कबुक’ तयार पारेको छ । यो पाठ्यपुस्तक सहयोगी पुस्तिका हो ।

अनलाइन, रेडियो र टेलिभिजनमा पहुँच नभएका विद्यार्थीले पनि घरमै बसेर पढाइलाई निरन्तरता दिन सकिने गरी पुस्तक तयार पारिएको टिच फर नेपालका सह–संस्थापक शिशिर खनालले जानकारी दिए ।

खनालका अनुसार कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि गणित, विज्ञान र अंग्रेजी वर्कबुक तयार पारिएको हो ।

टिच फर नेपालले स्वयंसेवी शिक्षक उपलब्ध गराइरहेको ६५ सामुदायिक विद्यालयका १० हजार विद्यार्थीलाई लक्षित गरेर पुस्तक ल्याएको सह–संस्थापक खनाल बताउँछन् ।

कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले विद्यालय खुल्ने अनिश्चित भइरहेका बेला यो पुस्तक शैक्षिक सत्र गुम्न नदिन सहयोगी हुने टिच फर नेपालका सह–संस्थापक खनालले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *