Sajhamanch Archive

कचनकवल गाउँपालिकामा स्थानीय युवा तथा वडाध्यक्षहरुबाटै आन्दोलनको घोषणा

Published: in विविधा, स्थानीय तह by .

कचनकवल । कचनकवल गाउँपालिका नेतृत्वले वडागत वजेट विनियोजन गर्दा विभेद गर्दै न्यून रकम छुट्याएको स्थानीयले विरोधमा आन्दोलनको घोषणा गरेका छन् ।

रकम विनियोजन विभेद र स्थानीयले तिर्न नसक्ने गरी राजश्व बढाएको विरोधमा स्थानीय युवाहरू र गाउँपालिकाका वडाध्यक्षहरुले ले आन्दोलनको घोषणा गरेका हुन् ।

वडाहरुले भोलिबाट वडा नम्बर २,४,६ र ७ का वडामा राजस्व नलिने निर्णय गरिएको गरिएको वडा नं. ६ वडाध्यक्ष कुलबहादुर कार्कीले बताए । उनले आ–आफ्नो वडामा कालो पट्टि लगार्र्इ काम गर्ने तर जनताको काम भने नरोकिने बताएका छन ।

स्थानीय र वडाले उठाएका माग गाउँपालिकाबाट सम्बोधन नभएसम्म आन्दोलन जारी रहने वडाध्यक्ष कार्कीको भनाई छ ।

गाउँपालिका अध्यक्षले कार्यपालिकाको बैठक नै नराखी आफूखुसी ६० लाखको वजेट सिलिङ १० लाखमा झारेको करको दर बृद्धि नगर्ने राजश्व परामर्श समितिको निर्णय विपरित तीन गुणासम्म कर बढाएको बिरोध गर्दै ४ वडाध्यक्ष सहित वडाका सदस्यहरूले निर्णय सच्याउन माग राखेर दुई पटक गाउँ पालिकामा ताला बन्दी गरिएको थियो । गाउँपालिका अध्यक्षले यो विषयलाई राजनीतिक रुपमा लिदै राप्रपाका नेता तथा कार्यकर्ता प्रयोग गरि ताला फुटाएको वडाध्यक्षहरुको भनाई छ ।

विरोध सभालाई वडा नम्बर २ का अध्यक्ष मेखबहादुर भट्टराई, ४ का परमानन्दसिंह राजवंशी, ६ का अध्यक्ष कुलबहादुर कार्की र वडानम्वर ७ का अध्यक्ष भरत राजवंशी विद्यार्थी नेता रोशन लामा लगायतले पालिका अध्यक्ष र राप्रपा पार्टी एकलैटी ढंगले अगाडि बढेको जनताका समस्यामा कुनै चासो नदेखाएको आरोप लगाएका छन् ।

उनीहरूले वजेट सिलिङ यथावत हुनु पर्ने, जनताले तिर्नु पर्ने राजश्व साविक अनुसार नै हुनु पर्ने, गाउँपालिका भित्रका सडक मर्मत लगायत विकास निर्माणका काम वडामार्फत हुनु पर्ने, योजना तथा अनुदान वडा कार्यालयको सिफारिसमा हुनु पर्ने र विकास निर्माणको चरम लापरवाही र सामग्री वितरण प्रणाली पारदर्शी नभएकोले छानविन गरिनु पर्ने माग राखेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *