Sajhamanch Archive

ट्युबेलमा लडेर मृत्यु

Published: (Updated: ) in विविधा by .

विराटनगर । विराटनगर महानगरपालिका–३ मा ट्युबेलमा लडेर आइतबारराति एक पुरुषको मृत्यु भएको छ ।

विराटनगरमा डेरा बस्दै आएका ४० वर्षीय फूर्वा तामाङको ट्युबेलमा लडेर मृत्यु भएको हो । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार ट्युबेलमा हात खुट्टा धुने क्रममा उनी चिप्लिएर लडेका थिए ।

लडेर बेहोस भएका उनको उपचारका लागि कोशी अस्पताल पु¥याएको केही बेरमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *