Sajhamanch Archive

‘सडक २’ लाई अहिलेसम्मकै खराब रेटिङ

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by .

महेश भट्ट निर्देशित फिल्म ‘सडक २’ ओटीटी प्लेटफर्ममा रिलिज भइसकेको छ । फिल्ममा आलिया भट्ट, आदित्य रोय कपूर र सञ्जय दत्त मुख्य भूमिकामा छन् । यो फिल्म घोषणाको समयदेखि चर्चामा थियो । सुशान्त सिंह राजपूतको निधनपछि भने सामाजिक सञ्जालमा यो फिल्म बहिष्कारको माग उठेको थियो । ट्रेलरलाई सर्वाधिक डिसलाइक मिल्नु यसैको उपज हो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले फिल्मलाई लिएर लगातार नेगेटिभ ट्विट्स गरिरहेको अवस्थामा यो फिल्मलाई अजय देवगनको ‘हिम्मतवाला’, सैफ अली खानको ‘हमशक्ल’ र रामगोपाल वर्माको फिल्म ‘आग’ भन्दा पनि कम रेटिङ मिलेको छ । फिल्मलाई अहिलेसम्मकै खराब रेटिङ मिलेको भारतीय मिडियाले बताएका छन् । आइएमडीबीमा फिल्मलाई जम्मा १.१ रेटिङ मिलेको छ ।

समीक्षकबाट पनि फिल्मलाई कमजोर रेटिङ प्राप्त छ । समिक्षक तरण आदर्शले १ रेटिङ दिँदै फिल्मलाई खराब भनेका छन् । यो फिल्म अगष्ट २८ बाट डिज्नी प्लस हटस्टारमा रिलिज भएको हो । ‘सडक २’ १९९१ मा आएको पूजा भट्ट र सञ्जय दत्त स्टारर ‘सडक’ को सिक्वेल हो । कोरोनाका कारण सिनेमा हल खुल्ने कुनै निश्चित नभएपछि यो फिल्म ओटीटी प्लेटफर्ममा रिलिज भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *