शिवसताक्षीमा अनिश्चितकाल आंशिक लकडाउन, ८ देखि १२ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने
Published: (Updated: )
by .शिवसताक्षी । झापा शिवसताक्षीमा अनिश्चितकाल आंशिक लकडाउन हुने भएको छ । शिवसताक्षी नगरपालिका नगर कार्यपालिकाको आज बसेको बैठकलले अर्को सूचना जारी नहुन्जेलका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
समुदायमा कोरोना भाइरस संक्रमण देखिएकाले यस भाद्र १ गतेबाट सुरु गरिएको लकडाउन १५ गतेसम्म लम्बिएको थियो । तर छिमेकी पालिकाहरुको समुदायमा कोरोना भाइरसको संक्रमण उच्च देखिन थालेपछि शिवसताक्षीमा थप जोखिम बढेको निश्कर्ष निकाल्दै नगरले अर्को सूचना जारी नहुन्जेल लकडाउन गर्ने निर्णय गरेको नगरप्रवक्ता नविन इजमले बताए ।
बैठकले अतिआवश्यक स्वास्थ्य संस्था, औषधी पसल, दुध डेरी पूर्ण रुपले सञ्चालन गर्ने र सैलुन, होटल र व्युटिपार्लर पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको नगर प्रवक्ता नविन इजमले जानकारी दिए ।
अन्य व्यवसायहरु विहान ८ बजेबाट १२ बजेसम्म भौतिक दुरी कायमगरी स्वास्थ्य सुरक्षा अपनाई सञ्चालन गर्नु पर्ने प्रवक्ता इजमको भनाई छ ।
बैंक तथा वित्तीय संस्थाहरु १० बजेबाट १ बजेसम्ममा सञ्चालन गर्नु पर्ने नगरले जनाएको छ । सबै प्रकारका भेला, सभा, सम्मेलन गोष्ठी, योग शिविर लगायतका मानिस जम्मा भएर गर्ने कार्यक्रमहरु पूर्ण रुपमा रोक लगाएको छ ।
Comments